Duration 39:51

SS FB Live 244 बिभिन्न देशका अपडेटहरू

161 watched
0
3
Published 2 Dec 2021

आजको लाईभमा हामीलेः कुवेत :- -१७४ जना आबेदकको नयाँ राहदानी कुवेतको नेपाली दूताबासमा प्राप्त। -कुवेतको कम्पनी Agility / Landmark को भ्रमण गरी राजदूत र दूताबासका कर्मचारीले त्यहाँको व्यवस्थापन एवं नेपाली कामदारहरूसँग अन्तर्क्रियात्मक भेटघाट गर्यो । -ओमिक्रोन भेरिएन्टको कारणबाट कुवेतमा कुनै कर्फू वा बन्द नहुने । तर सबैले अनिवार्य स्वास्थ्य मापदन्ड पुरा गर्नु पर्ने कुवेतको श्वास्थ्य मन्त्रालयको भनाइ। --कुवेती र अन्य आप्रबासीहरुलाई सकेसम्म कुवेत नछोड्न स्वास्थ्य मन्त्रालयको आग्रह। -कुवेतमा ओमिकोन केस भेटिएको हल्ला गलत भएको स्वास्थ्य मन्त्रालयको भनाइ। -कुवेतको उद्द्योग मन्त्रालयले ६ महिनाको लागि खाध्यान्न संकट नहुने बताउदै नआत्तिन सबैलाई आग्रह। -फ्र����इडेमार्केटको एक मिनिबसबाट ४९३ बोतल घरेलुमदिरा बरामद। -पार्किङ कारमा असामान्य(यौन्यजन्य कृयाकलाप) गरेको आरोपमा एशियन यूबती र यूबक(प्रेमी-प्रेमिका पक्राउ)। -घुसघोरी र मानव बेचबिखनमा मुद्दा खेपी रहेका बंगलादेशी सांसद मोहम्मद शाहिद इस्लाम (काजी पापुल)लाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी(नेपाली रुपैया करिब १० करोड ३० लाख) जरिवानाको सजाय। उनलाई ७ बर्षको जेल सजाय पछी कुवेतबाट देश निकाला(डीपोर्ट) गर्न अदालतले आदेश। -छोरीसंग विवाह नस्विकारेकोमा एक नागरिकले उनिहरुको पार्किङमा रहेको ३ वटा कारलाई ठक्कर दिएर बिगारे। -काचो सुन भन्दै सुनको बाला समेत बिमानस्थलमा समातियो।जर्ती नभएको सुनलाई प्रती ग्राम ९५० नेरु भन्सार लाग्ने। साउदी अरब: -साउदी अरबको स्वास्थ्य मन्त्रालयले बुधबार उत्तर अफ��रिकी देशबाट आएका एक साउदी नागरिकमा कोभिड-१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ। साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड बिरुद्दको खोपलाई निरन्तरता दिदै सावधानीका उपायहरू, रोकथामका उपायहरू र स्वीकृत गरिएका स्वास्थ्य मापदन्डहरु पालना गर्न सबैलाई अनुरोध गरेको छ। कतारः -कतारमा एमनेस्टि जारि । आगामि डिसेम्बर ३१ तारिक सम्म बैध हुन अथवा स्वदेस फर्कन चहानेले सेवा लिन सक्नेछन । -कतार प्रबेश गर्नेले कतारमा खोप लगाएकाले २ दिन र अन्यले ७ दिन होटल क्वारेन्टाइन अनिवार्य बस्नु पर्ने । यूएईः -- दुबई सहर expats का लागि बस्न र काम गर्नका लागि विश्वको 3rd best city र्यान्कमा परेको छ। - यूएईमा ५० औ राष्ट्रीय दिवस मनाउने तयारी। -भोलि २ डिसेम्बर नेसनल डेको अवसरमा Expo 2020 Dubai Free मा घुम्न पाईने छ । ⁃ अरु बेलाका लागी Expo - 2020 दुबईले 95 दिराम मा Expo visit का लागी unlimited access दिदै। ⁃यूएईले पहिलो driverless, 100% electric vehicle lunch गरेको छ। ⁃90% भन्दा बढी यूएईका population ले कोभिड -19 को 2 डोज भ्याक्सिन पुरा गरेका छन् भने 100% रेसिडेन्सले 1 डोज भ्याक्सिन लिएका छन् । ⁃यूएईको 50 औ “National Day” को अवसरमा यूएई President ले 870 जेलमा रहेका कैदीलाई माफी दिएका छन्। ⁃अजमानका राजाले 43 कैदीलाई माफी दिएका छन्। ⁃अबुधावीमा नयॅा drive through कोभिड - 19 टेस्टिगं सेन्टर खोलिएको छ। ⁃दुबई प्रहरीले दिराम 176 million ड्रग्स seize गर्नुका साथै 91 dealers लाई पक्राउ गरेको छ। ⁃यूएईले ७ वटा देशका यात्रुहरूलाई नयॅा कोभिड variant का कारण यात्रामा प्रतिबन्ध लगाउॅदै। Nov - 29 बाट लागू हुने। हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

Category

Show more

Comments - 1