Duration 13:48

यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू | Get Educational Pictures | Edraw Max | Nepali Book

3 488 watched
0
93
Published 24 Sep 2020

नमस्कार ! नेपाली बुक nepali book युटुब च्यानलमा तपाईंलाई स्वागत छ । तपाईंले यस च्यानलमा कम्प्युटरका व्यावहारिक प्रयोग सम्बन्धि जानकारी मूलक भिडियोहरु प्राप्त गर्न सक्नुहुनेछ । About This Video : यसरी ल्याउनुस् विषय अनुसारका कुनैपनि चित्रहरू | Get Educational Pictures | Edraw Max पावरपोइन्टमा शैक्षिक सामग्रीहरु निर्माण गर्दा विषयवस्तु अनुकुलका चित्रहरु नभेटिनाले हामी समस्यामा पर्दछौ । चित्र बिनाका शैक्षिक वा कुनैपनि प्रस्तुतिहरु खल्ला र अधुरा हुन्छन् । त्यसैले चित्रहरु अपरिहार्य हुन्छन् । Google मा भेटिएका चित्रहरु आफू अनुकुल नहुने समस्या पनि छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै यस भिडियोमा यसको समाधानको तरीका बताइएको छ । यस भिडियोमा Edraw Max को प्रयोग गरि त्यसको माध्यमबाट कसरी हामीले आवश्यक चित्रहरु निर्माण गरि पावरपोइन्टमा शैक्षिक सामग्री निर्माण वा प्रभावकारी प्रस्तुति दिन सक्छौ भन्ने कुरा बताइएको छ । यो भिडियो हेरिसकेपछी तपाईंले पनि आफूलाई आवश्यक चित्रहरु कहाँबाट ल्याएर कसरी प्रयोग गर्ने भन्ने कुरा सिक्न पाउनुहुनेछ । Edraw Max को प्रयोगबाट तपाईंले जुनसुकै विषय सम्बद्ध चित्रहरू प्राप्त गर्न सक्नुहुनेछ । शैक्षिक सामग्री निर्माण गर्ने क्रममा चित्र सम्बन्धि समस्या झेलिरहनु भएका हाम्रा दर्शकहरुलाई सहयोग मिलोस् भन्ने अभिप्रायका साथ यो भिडियो निर्माण गरिएको हो । आशा छ यो भिडियोले तपाईंलाई सहयोग गर्नेछ । तपाईंका यस्तै कम्प्युटर सम्बन्धि समस्याहरू केके छन् ? कृपया कमेन्ट गर्नुहोला । तपाईंका समस्यामा आधारित भिडियोहरु हामीले निर्माण गर्दै जाने छौँ । तपाईंलाई यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला । साथै भिडियो मन परेमा लाइक, कमेन्ट र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला । भिडियो हेरिदिनु भएकोमा तपाईंलाई धन्यवाद ! nepali book #nepalibook #HowToGetEducationalPictures #EdrawMax

Category

Show more

Comments - 10