Duration 54:43

मुन्धुममा उल्लेख छ, पृथ्वीमा पापै पाप ज्यादा भयो भने पृथ्वी नष्ट गर्नेछ: किरात धर्मगुरु

8 831 watched
0
300
Published 19 Jan 2021

#Mangsebung_tv किरात धर्मावलम्बीहरु यो मुलुकको आदिम भूमिपुत्र भएको किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङले बताउनु भएको छ । अङसीमाङले भन्नु भयो, ‘यो मुलुक किरात राज्य हो, यहाँ ५ हजार वर्ष किरातहरुले राज्य गरेका थिए ।’ अङसीमाङले थप्नु भयो, ‘यो भूमिमा हामीले अन्य समुदायलाई आश्रय दिएर राखेको ऐतिहासिक प्रमाण हामीसँग छ ।’ वहाँले सो कुरा धार्मिक पर्यटकीयस्थल इलामको माङसेबुङमा सोमबार सम्पन्न सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण समारोह समुद्घाटन कार्यक्रममा आशीर्वचन दिनुहुँदै बताउनु भएको हो । आशीर्वचन दिनु हुँदै अङसीमाङले यहाँ बसोबास गरिरहेको विविध जातजातिहरुको फूलबारी झै राज्य पनि समावेशी हुनुपर्ने बताउनु भएको छ । वहाँले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भन्नु हुँदै, मुलुकमा राजनीतिक गडबडी भए विकास निर्माणमा प्रतिकूल प्रभाव पर्ने बताउनु भयो । संसारमा आधुनिक हतियारहरुको प्रतिस्पर्धा चलिरहेको र झैझगडाको संकेत रहेको बताउनु हुँदै, अङसीमाङले थप्नु भयो, ‘अन्तर्राष्ट्रिय कुटनीतिकहरुसँग राजनीतिककर्मी, सामाजिक, धार्मिक अभियन्ताहरु जोगिनु पर्ने समय आएको छ ।’ संसारमा अनौठो रोगहरु आउने र कोरोना भाइरसले रुप फेर्दै जाने आशीर्वचनको क्रममा अङसीमाङले संकेत गर्नु भएको छ ।अन्धभक्त नै भने पनि साँझ विहान माङ सेवा गर्न छोडनु नहुने वहाँले सुझाउनु भएको छ । युमा साम्माङ शक्तिशाली इष्टदेव भएको तर धर्मको नाम युमा धर्म हुन नसक्ने अङसीमाङले प्रष्ट पार्नु भएको छ । खिबेक्वा याक्वा सेवा (उभौली पर्व) मा विशेष गरी अन्न सह, धन सह, माङथिम, हाङथिमको सह, माङवाहाङवा माग्नु पर्ने वहाँले बताउनु भयो । आशीर्वचनमा वहाँले थप्नु भयो, ‘इश्वर (माङ) प्राप्त गर्न अन्धभक्त भएर निरन्तर लाग्नु पर्छ ।’ किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको समुपस्थिती रहेको कार्यक्रममा किरात धर्म सम्बद्ध संघ सस्था, सामाजिक संघ संस्था र राजनीतिक संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मिति २०७७ माघ ५

Category

Show more

Comments - 38